रेडियोबाट सेयर शिक्षा: 'सिधा प्रश्न, घुमाउरो उत्तर', बालुवामा १६ हजार !

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 17, 2019 | 07:22:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वसाधारणलाई सेयर शिक्षा दिने उदेश्यले नेपाल धितोपत्र बोर्डले आजदेखि 'लगानीकर्तासंग प्रत्यक्ष रेडियो संवाद' कार्यक्रम सुरु गरेको छ। बोर्डले आफ्नै नेतृत्त्वमा आज (बैशाख ४) देखि सुरु गरेको कार्यक्रम भने श्रोताका लागि 'काम कुरो एकातिर, कुम्लो बोकी ठिमी तिर' भने जस्तो भएको छ। 

आधा घण्टाको कार्यक्रममा श्रोताबाट दुईवटा प्रश्नमात्र आए। तर कार्यक्रम अवधिभर आफुमात्र बोलेका बोर्डका अध्यक्ष डा रेवत कार्कीको जवाफले श्रोताको प्रश्न सम्बोधन नभएको देखियो।

झापाका भरत केसीले सेयरबजार कसरि जोडिन सकिन्छ भनेर प्रश्न गरेका थिए। अध्यक्ष कार्कीले यसको जवाफ प्राबिधिक भाषा प्रयोग गरेर जवाफ दिए। सेयरबजारमा कसरि प्रवेश गर्ने भन्ने प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष कार्कीले बजार तलमाथि भईरहने, अध्ययन गरेर मात्र प्रवेश गर्नुपर्ने, बैकल्पिक लगानी कोषको रुपमा नयाँ आएको, ब्रोकर मार्फत मार्जिन ल्यान्डिङ सेवा सुरु हुन् लागेको, ब्याजदर बढेकाले बजार घटेको लगायतका बिषय समेटेर लामो उत्तर दिए।

त्यति मात्र नभई अध्यक्ष कार्कीले आश्वा र सीआश्वा मार्फत ५ मिनेट मै प्राथमिक बजारको शेयरमा आवेदन दिन सकिने बताए। तर सेयरबजारमा कहाँबाट कसरि जोडिने भन्नेबारे कुनै चर्चा नै गरेरन। 

सरल भाषामा कहाँबाट कसरि सेयरबजारमा जोडिन सकिन्छ भन्ने जवाफ दिनु पर्नेमा प्राविधिक भाषा सहितको 'गन्थन मन्थन' ले प्रश्न कर्ताले के कति बुझे या 'भालुलाई पुराण' सुनाए जस्तै भयो त्यो बोर्डका अध्यक्ष कार्कीले नै जानुन।   

त्यस्तै काठमाडौं स्थित कलंकीबाट राजु हुमागाईंले अहिले डिम्याट खाता भएको बैंकको सेवा सुविधा चित्त नबुझेकाले डिम्याट सार्न चाहेको तर त्यस्तो गर्न मिल्ने नमिल्ने बारे अनबिज्ञ भएको प्रश्न गरे। तर अध्यक्ष कार्कीले पहिले यस्तो गर्न गाह्रो भएको तर अहिले डिम्याट खाता सार्न सहजै मिल्ने जवाफ दिए। त्यति मात्र नभई अध्यक्ष कार्कीले अर्को संस्थामा डिम्याट खाता सार्दा डिम्याट नम्बर पुरानै हुने आशयको 'एकै नम्बर' हुने जवाफ दिए।   

एउटा बैंकको डिम्याट खाता अर्कोमा सार्न नमिल्ने तर सेयर मात्र सार्न भने मिल्ने प्राबधान छ। सम्भवत: अध्यक्ष कार्कीले एउटा संस्थामा भएको डिम्याट खाता बन्द गरि वा नगरी अर्को संस्थामा डिम्याट खाता खोलेर आफ्नो सेयर सार्न मिल्ने बताउन चाहन्थे तर त्यस्तो उत्तर दिन नसक्दा श्रोताहरु झनै अलमलमा पर्ने देखिएको छ। 

प्रस्तोताको प्रस्तुती नै झुर

कार्यक्रमको शुभारम्भमै प्रस्तोता प्रतिक्षा खनालले अध्यक्ष कार्कीको नाम नै बिगारेर सम्बोधन गरिन। प्रस्तोता खनालले 'रेवत कुमार कार्की' भनेर सम्बोधन गरिन। लगत्तै डा कार्कीले 'रेवत बहादुर कार्की ' भनेर आफ्नो नाम आफैले सच्याए।

त्यतिमात्र नभई प्रस्तोताले जवाफ दिन स्टुडियोमा उपस्थित अध्यक्ष कार्की लगायतका अतिथिलाई प्रश्न बुझाउनलाई सहजीकरण गर्नबाट चुकिन। प्रश्नकर्ताको प्रश्न भन्दा अर्कै जवाफ दिएका अध्यक्ष कार्कीलाई प्रस्तोताले सहजीकरण गरि सहि उत्तर दिनलाई मध्यस्तता गर्न सक्थिन। तर उनीमा सेयरबजारबारे ज्ञानको अभाब भएकाले प्रतिप्रश्न गरि सहजीकरण गर्न नसकेको देखिन्छ।   

बालुवामा १६०००!

रेडियो कान्तिपुर मार्फत बिहान ७:३० देखि ८ बजेसम्म महिनामा एक पटक प्रसारण हुने यस कार्यक्रमको आधा घण्टा समयको लागि बोर्डले १६ हजार रुपैयाँ तिरेको छ। अध्यक्ष कार्कीसंगै प्रश्नको उत्तर दिन स्टुडियो पुगेका बोर्डका कार्यकारी निर्देशक निरज गिरि र परिष्टनाथ पौड्याल तथा उप कार्यकारी निर्देशक नवराज अधिकारी केहि पनि बोल्न पाएनन। 

प्रश्नकर्ताले प्रश्नको उत्तर नपाउने र स्टुडियोमा उपस्थित अन्य अतिथिले बोल्न नपाउने हो भने बोर्डका उच्च पदस्थ कर्मचारीको समयसंगै प्रति कार्यक्रम तिरिने १६ हजार रुपैयाँ बालुवामा पानि खन्याए जस्तो हुने आशंका छ।     

सुन्नुस कार्यक्रममा लगानीकर्ताले सोधेका प्रश्न र तिनको उत्तर :



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved