को सँग मर्जमा जादैछ आरम्भ माइक्रोफाइनान्स ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2019 | 06:25:57 PM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ माइक्रोफाइनान्सले मर्जरमा जाने प्रस्ताव पारित गर्नको लागि विशेष साधारण सभा बोलाएको छ । कम्पनीले बैशाख २६ गते केन्द्रीय कार्यलय बनेपामा बिशेष साधारणसभा आह्वान गरेको हो । 

 लघुवित्तले मर्जर तथा प्राप्तिको लागि प्रक्रिया अगाडी बढाउन तथा सम्झौत गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नको लागि साधारणसभा बोलाएको प्रमुख कायकारी अधिकृत पवन कुमार श्रेष्ठले जानकारी दिए । केही संस्थासँग मर्जरको अनौपचारीक कुराकानी भएको उनले बताए। उपयूक्त संस्थासँग सहमति भएमा प्रक्रिया अगाडी बढाउन सहज होस भनेर साधारणसभाले संचालक समितिलाई अनुमतिको प्रदान गरेर बस्न लागेको सिइओ श्रेष्ठले जानकारी दिए । 

साधारणसभाको लागि लघुवित्तले बैशाख १८ गते बुक क्लोज मिति तय गरेको छ । बैशाख १७ गतेसम्म कायम शेयरधनीले बिशेष साधारणसभामा भाग लिन सक्ने छन् । 

नेपाल राष्ट्र बैंकले मौंद्रिक नीति मार्फत मर्जरमा जाने वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्ने नीति लिए संगै लघुवित्तहरु  धमाधम स्वेच्छिक मर्जरको बाटो रोजिरहेका छन् । निकट भविष्यमा नै राष्ट्र बैंकले मर्जरको लागि नयाँ नीति अगाडी ल्याउने चर्चा पनि चुलिएको छ  । हाल ७ वटा लघुवित्तले स्वेच्छिक मर्जरको बाटो रोजीसकेका छन भने चौतारी लघुवित्त, कालीका लघुवित्त लगायत १ दर्जन भन्दा धेरै लघुवित्तहरुले मर्जको लागि बाटो खोलेर बसिरहेका छन् ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved