एनआईबिएल क्यापिटलले नेपालकै पहिलो खुलामुखी म्युचल फण्ड संचालन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 02:50:52 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटलले नेपालकै पहिलो खुलामुखी सामूहिक लगानी योजना संचालनको अनुमति पाएको छ। सेयरबजारमा खुलामुखी योजना प्रवेश गराउने उदेश्यले एनआईबिएललाई यो योजना संचालनको अनुमति दिइएको धितोपत्र बोर्डले जनाएको छ। धितोपत्र बोर्डले चालू आर्थिक बर्षको नीति तथा कार्यक्रममा सेयर बजारमा सामूहिक लगानी कोष अन्तर्गत खुलामुखी योजनालाई प्रवेश गराउने योजना अन्तर्गत एनआईबिएललाई खुलामुखी योजना संचालनको अनुमति दिएको हो।    

प्रयोगात्मकरुपमा संचालनको अनुमति दिईएको यस योजनाको आकार अधिकतम ५० करोड रुपैयाँसम्म हुने बोर्डका कार्यकारी निर्देशक  परिष्टनाथ पौड्यालले जनाएका छन। सेयर बजारमा नयाँ वित्तीय औजारको रुपमा बोर्डले उक्त खुलामुखी सामूहिक लगानी कोष योजना संचालन गर्न अनुमति प्रदान गरेको बोर्डको भनाई छ। 

उक्त योजना अन्तर्गत पहिलो चरणमा १२ करोड ५० लाख बराबरको ईकाइहरु सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री खुल्ला हुनेछ। जेठभित्र संचालनमा ल्याउनेगरि तयारि अघि बढेको एनआइबिएल क्यापिटलका प्रबन्ध निर्देशक मेख बहादुर थापाले बिजपाटीलाई बताए।

के हो खुलामुखी सामुहिक लगानी योजना 

खुलामुखी सामुहिक लगानी योजनाको बिशेषता संचालनमा आईसकेका १७ वटा बन्दमुखी योजना भन्दा केहि भिन्न हुन्छ। बन्दमुखी योजना सेयरको दोस्रो बजारमा सूचीकरण भई सेयर दलाल मार्फत खरिद बिक्रि गर्न सकिन्छ भने खुलामुखी योजना नेप्सेमा सूचीकरण हुदैन र धितोपत्र दलालमार्फत कारोवार समेत हुदैन।

योजनाको खुद सम्पत्ति मूल्यको आधारमा योजना व्यवस्थापकले नै योजनाको इकाईको खरीद बिक्री सुविधा उपलब्ध गराउने हुँदा लगानीकर्ताहरुले चाहेको बखत सहजै इकाई खरीदबिक्री गर्न भने सक्नेछन।

बन्दमुखी योजना सिमित अवधिकालागि संचालनमा ल्याइन्छ भने खुलामुखी योजना निरन्तर संचालनमा रहन्छ। बन्दमुखी योजना जस्तै खुला मुखी योजनाको प्रति इकाई मूल्य १० रुपैयाँ हुन्छ र न्यूनतम १००० रुपैयाँ सम्ममा इकाई खरीद गर्न सकिन्छ। लगानीकर्ताहरुको माग अनुसार योजनाको आकार बृद्धि गर्न सकिन्छ भने नयाँ योजना समेत ल्याउन सकिन्छ। 

                                                                                       

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved