नेप्सेमा एनएमबि बैंकको कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 12:31:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा एनएमबि बैंक NMB Bank Limited को शेयर कारोबार रोक्का भएको छ ।  बैंकले ओम डेभलपमेन्ट बैंक Om Development Bank Limited सँग मर्जरको सम्झौता गरेपछि बैंकको शेयर कारोबार रोक्का भएको हो । 

बिहिबार दुई बैंकबीच मर्जर सम्बन्धि सम्झौता भएको हो । सम्झौतामा एनएमबिका तर्फबाट संचालक प्रदिप पाण्डे र ओमको तर्फबाट योगेन्द्र लाल प्रधानले हस्ताक्षर गरेका हुन् । मर्जरको लागि स्वाप रेसियो डिडिए रिपोर्ट अनुसार तय गर्ने दुई बैंकबीच सहमति भएको छ । ३ महिना भित्र मर्जर प्रक्रिया सकेर एकिकृत कारोबार गर्ने लक्ष्य दुवै बैंकको लक्ष्य रहेको बैंकले जनाएको  छ । 

मर्जर प्रक्रिया समाप्त नहुँदासम्म बैंकको कारोबार रोक्का गरिएको हो  । ओमको कारोबार भने यस अघि देखि रोक्का छ  ।  प्राइम कमर्शियल बैंकले ओमलाई गाभ्ने प्रक्रिया सुरु गरेको थियो । सोहि समयदेखि ओमको कारोबार रोक्का छ । तर त्यो मर्जर भने अन्तिम समयमा भाडिएको थियो 

हाल एनएमबि बैंकको चुक्ता पुंजी ९ अर्ब ६१ करोड रहेको छ भने ओमको चुक्ता पुंजी २ अर्ब ५१ करोड रहेको छ  ।  

यो पनि : 

एनएमबि बैंक र ओम डेभलपमेन्टबीच मर्जर सम्झौता, के हुन्छ ओमले घोषणा गरेको बोनस ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved