मर्ज हुदै कालिका र जनसेवी लघुवित्त, स्वाप रेसियो कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 03:40:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्थाको कारोबार रोक्का भएको छ  । कम्पनी मर्जरमा जाने भएकोले कारोबार रोक्का भएको हो  । कम्पनीले जनसेवी लघुवित्तसंग मर्जमा जाने सम्झौता गरेको हो ।  कालिकाका तर्फबाट सञ्चालक समिति अध्यक्ष कृष्ण खाँण र जनसेवीकातर्फबाट सञ्चालक समिति अध्यक्ष विकास गौचनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । जनसेवी भने नेप्सेमा सुचिकृत छैन

यो एक्वायर नभई मर्ज नै भएको कम्पनीले जनाएको छ । स्वाप रेसियो डिडिए प्रतिवेदनको आधारमा तय हुने भनिए पनि १:१ को आधारमा जाने मोटामोटी सहमति भएको बताईएको छ । डिडिए प्रतिवेदनले दिएको स्वापमा १० प्रतिशत तल माथि गर्न सकिने गरी २ संस्थाबीच सहमति भएको हो । मर्जपछि बन्ने कम्पनीको नाममा जनकालिका राख्ने सहमति भएको छ । यद्यपि यो नाममा कालिकाले केहि अशन्तुष्टी जनाएकोले परिवर्तन हुन् सक्ने बताईएको छ ।

मर्जपछि बन्ने कम्पनीको  सञ्चालक समिति अध्यक्ष हाल कालिकाका अध्यक्ष रहेका खाँण नै हुनेछन् । संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पनि हाल कालिकाका सीईओ मीनबहादुर बोहरा नै हुने सहमति भएको छ । नायव प्रमुख कार्यकारी अधिकृतमा भने जनसेवीका प्रमुख कार्यकारी अधिकृत कमलबहादुर खत्री रहने छन् ।

जनसेवीका सीईओ खत्रीका अनुसार भदौ १ गतेदेखि कारोबार सुरु गर्ने लक्ष्य राखिएको छ । संस्था मर्जभएपछि लाभांश वितरण गरिने पनि उनले जानकारी दिए । कालिकाले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट लाभांश वितरण गरिसकेको छ ।

स्याङ्जाको वालिङमा केन्द्रीय कार्यालय रहेको कालिका राष्ट्रियस्तरको लघुवित्त हो।  जनसेवीको केन्द्रिय कार्यालय पर्वतको कुश्मामा रहेको छ  ।जनसेवी १० जिल्ला कार्यक्षेत्र रहेको लघुवित्त हो । जनसेवीले हालै मात्र आईपिओ निष्काशन गरेको थियो । तर अब मर्जर प्रक्रिया समाप्त नहुँदासम्म जनसेवीको आईपिओ परेकाहरुले कारोबार गर्न सक्ने छैनन् । 

कालिकाको चुक्ता पुँजी हाल १० करोड ८० लाख रुपैयाँ रहेको छ भने जनसेवीको  ९ करोड ८० लाख चुक्ता पुँजी रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved