विश्वमै नभएको सेयर सेटलमेन्ट गर्न बोर्डको प्रस्ताव, आफ्नै मागमा लगानीकर्ता असहमत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 21, 2019 | 06:02:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजारको बिकास र सुधारको लागि भन्दै सेयरका लगानीकर्ताले अर्थमन्त्रीको राजिनामालाई प्राथमिकतामा राखेर आन्दोलन गरे। नेपालमा दोस्रो पटक आयोजना भएको लगानी सम्मेलनको केहि दिनअघिको लगानीकर्ताको आन्दोलनलाई साम्य पार्न अर्थमन्त्रालयले एक समिति बनायो। 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिको प्रतिवेदनले ५८ बुँदा सुझाब अर्थमन्त्रालयलाई बुझायो। अर्थले बैकर र लगानीकर्ता तथा सेयर ब्रोकरको मागलाई सम्बोधन गर्ने आस्वाशन सहित अर्थमा पेश भएको ५८ बुंदे सुझाबमा एउटा सुझाब थियो, 'सेयर खरिद-बिक्रीको सेटलमेन्ट एक दिनमा सम्पन्न गर्ने'। 

अर्थले 'सेयर खरिद-बिक्रीको सेटलमेन्ट एक दिनमा सम्पन्न गर्न' सकिने सम्भावनाको अध्ययन गर्न नेपाल सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डलाई निर्देशन दियो। धितोपत्र बोर्डले आफ्नो कामको जिम्मा नेपालको सिस्टर अर्गनाइजेसन सीडीएससी एण्ड क्लेयरिङलाई दियो। 

सीडीएससीले नेपालको सेयर बजारमा 'सेयर खरिद-बिक्रीको सेटलमेन्ट एक दिनमा सम्पन्न गर्न' सक्ने नसक्नेबारे सम्भावनाको अध्ययन गर्न नेप्सेकी उपप्रबन्धक प्रबिना पान्दकको संयोजकत्वमा एक समिति गठन गर्यो। 

त्यहि समितिले सोमबार (जेठ ६) गते सीडीएससी र लगानीकर्तासँग छलफल गर्यो। छलफलमा लगानीकर्ताले नेप्सेको अनलाइन प्रणालीमा  अभ्यस्त भइनसकेकाले तत्काल एकै दिनको सेटलमेन्टले बजार प्रभावित बन्ने धारणा व्यक्त गरे। लगानीकर्ताले कुनै बेला आफुले उठाएका माग अहिले आएर बिमति किन जनाए भन्ने आम लगानीकर्ताको चाँसो छ। सेयरको  सेटलमेन्ट एक दिनमा हुँदा धितोमा रोक्का सेयर कारोबार गर्न सम्भावना नभएकाले लगनिकर्ताले यसको बिरोध गरेको पाइएको छ। अर्को तर्फ, अर्थ मन्त्रालयको दबाबमा धितोपत्र बोर्डले बिश्वमै कहीं नभएको व्यवस्था लागू गर्न निदेशन दिएको बजार चर्चा छ। विश्वका अधिकांश सेयरबजारमा टि प्लस थ्री लागू भईरहेको र न्युयोर्क स्टक एक्सचेन्जमा मात्रै टी प्लस टु लागू भएको अवस्थामा नेपालको सेयरबजारमा टी प्लस वन को धितोपत्र बोर्डको निर्देशनमाथि नै प्रश्न उठेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved