सेयर सेटलमेन्ट एक दिन मै गर्ने बारे सिडिएसले माग्यो लगानीकर्ताको सुझाव, कसरी पठाउने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2019 | 06:08:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सिडिएस एण्ड क्लियारिंङ लिमिटेडले सेयर खरिद-बिक्रीको सेटलमेन्ट छोट्याउने बिषयमा औपचारिक रुपमा लगानीकर्ता र सरोकारवालाहरुको सुझाव मागेको छ । कम्पनीले आफुलाई लागेको र त्यस बिषयमा उपयुक्त हुने सुझावहरु दिन आग्रह गरेको हो । सिडिएसले जेठ २० गते भित्र इमेल ठेगाना [email protected] मा वा कम्पनीको कार्यालयको ठेगानामा सुझाव पठाउन आग्रह गरेको हो ।

राय सुझावमा अन्तिम निर्णय गर्ने अधिकार कम्पनीले गठन गरेको उप समितिमा हुने सिडीएसले प्रष्ट पारेको छ ।

धितोपत्र बोर्डको निर्देशनको अनुसार सिडिएसले राफसाफ चक्र अध्ययन उप समिति गठन गरेको थियो । बोर्डको निर्देशनपछि सीडीएससीले नेपालको सेयर बजारमा 'सेयर खरिद-बिक्रीको सेटलमेन्ट एक दिनमा सम्पन्न गर्न' सक्ने नसक्नेबारे सम्भावनाको अध्ययन गर्न नेप्सेकी उपप्रबन्धक प्रबिना पान्दकको संयोजकत्वमा एक समिति गठन गरेको थियो । यस समितिमा सिडीएसका योगराज राज जोशी सदस्य सचिवको रुपमा छन् ।

अहिले यस समितिले सेटलमेन्ट एक दिनमा सम्पन्न गर्ने बारे अध्ययन गरिरहेको छ। यस अघि समितिले लगानीकर्ताका नेताहरुसंग छलफल गरेको थियो । सुरुमा लगानीकर्ताका नेताहरुले टि प्लस वानमा जान नसकिने बताएपछि तिब्र आलोचनापछि यसको स्वागत गर्दै बिज्ञप्ति निकालेका थिए । 

अब भने समितिले आम लगानीकर्ता र सरोकारवालाको सुझाव मागेको हो ।

कहिले भने विश्वका अधिकांश सेयरबजारमा टि प्लस थ्री लागू भईरहेको र न्युयोर्क स्टक एक्सचेन्जमा मात्रै टी प्लस टु लागू भएको अवस्थामा नेपालको सेयरबजारमा टी प्लस वन को धितोपत्र बोर्डको निर्देशनमाथि नै प्रश्न उठाउन थालेका छन् । यद्यपि लगानीकर्ताको आन्दोलन पछि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिको प्रतिवेदनले अर्थ मन्त्रालयलाई बुझाएको ५८ बुँदा सुझाबमा सेटलमेन्ट एक दिनमा सम्पन्न गर्ने उल्लेख थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved