लिलाममा आएको मेरो माइक्रोफाइनान्सको शेयरको कट अफ मूल्य तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 10:32:55 AM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले  Mero Microfinance Bittiya Sanstha Limited ले लिलाममा राखेको शेयरको कट अफ मूल्य ५१० हुने सम्भावना देखिएको छ। बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले ५१० कट अफ मूल्य हुने प्रारम्भिक आंकलन गरिएको जनाएको हो। अन्तिम तथ्यांक भने आज बेलुका सम्म आई सक्ने क्यापिटलले जनाएको छ ।

लिलामको शेयरमा ९ सय ९८ जनाले आवेदन दिएकोमा सबै भन्दा धेरै प्रति कित्ता १३ सय रुपैयाँसम्मको लागि आवेदन परेको थियो । 

माइक्रोफाइनान्सले जेठ ७ देखि १४ गतेसम्म  २ लाख ९ हजार ६४९ कित्ता साधारण सेयर लिलाममा राखेको थियो।  

माइक्रोफाइनान्सले शतप्रतिशतका दरले ३२ लाख ८९ हजार कित्ता हकप्रद बिक्रि गरेको थियो। जसमध्ये २५ हजार १७२ योग्य आवेदकलाई ३० लाख ७९ हजार ३५१ कित्ता बितरण भएको थियो। बिक्रि नभएको शेयर लिलाममा आएको हो। 

यो समाचार तयार पार्दा कम्पनीको शेयर मूल्य ५८५ रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved