एशियन लाइफ इन्स्योरेन्सले २ लाख कित्ता बढी शेयर लिलाम गर्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 06:44:53 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company Limited ले २ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको २ लाख २१ हजार ३ सय ५९ दशमलव ७३ कित्ता शेयर लिलाम गर्ने भएको हो ।

कम्पनीले चैत्र २५ गतेदेखि बैशाख २९ गतेसम्म  १:०.६ को अनुपातमा ६० प्रतिशत हकप्रद बिक्रि खुला गरेको हो । कम्पनीले ७५ लाख ४० हजार ३ सय ५२ दशमलव ७३ कित्ता हकप्रद शेयर निष्कासन गरेकोमा  केवल १४ हजार ७ सय ८३ आवेदकले ७३ लाख १८ हजार ९ सय ९३ कित्ताको लागि मात्र आवेदन परेको बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । बाँकि शेयर कम्पनीले लिलाम बढाबढ मार्फत बिक्रि हुने भएको हो । 

रितपुर्वक आवेदन दिने सबैलाई शेयर बाँडफांड गरिएको र जेठ २७ गते सोमबार देखि शेयरमा नपरेको पैसा फिर्ता गरिने क्यापिटलले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब २५ करोड रहेकोमा हकप्रदपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब नाघ्ने छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved