सेयर बजारको नियामक बोर्डनै भन्छ, 'शेयर बजार जुवा चै जुवा नै हो तर...!'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 08:32:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले शेयरबजार जुवा जस्तै भएको बताएको छ । बोर्डले हरेक महिनाको पहिलो बुधवार गर्दै आएको रेडियो कार्यक्रममा बोर्डका कार्यकारी निर्देशकले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रस्तोताले 'शेयर बजार जुवा ताशको खेल जस्तो हो भन्ने एउटा भनाई छ, यसमा कतिको सत्यता छ ?' भनि प्रश्न गरेका थिए । जवाफमा कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले बजार नीति नियम भित्र रहेर संचालन हुने भएकोले यसलाई जुवाघर भन्न नमिल्ने बताएका थिए । लगत्तै अर्का कार्याकारी निर्देशक निरज गिरीले शेयर बजार जुवा जस्तै भएको बताए । उनले भने ' पुँजीबजार जोखिम रहित नभएको र रिस्क भएको हुनाले जुवा चै जुवा नै हो' । तर उनले ताशको जुवा र बजारको जुवाको फरक पनि प्रष्ट पारे । उनले ताशको जुवामा केहि पनि सूचना प्राप्त नहुने तर बजारको जुवामा सूचना उपलब्ध हुने भएकोले फरक भएको बताए । गिरीले थप ब्याख्या गर्न खोज्दा प्रस्तोताले अर्कै प्रश्न सोधेका थिए ।

कार्यक्रममा गिरीले पुंजी बजार मैत्री नीति नियम आएको बताए । लगानीकर्ताको मनोविज्ञानले आपूर्तिको तुलनामा माग नबढ्दा बजार घटेको बताए । उनले सूचना लिएर आफुले कति जोखिम लिन सक्ने हो, त्यस अनुसार लगानी गर्न लगानीकर्तालाई सुझाव दिए । बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्की भने कार्यक्रम आधा सकिएपछि मात्र पुगेका थिए ।

बोर्डले हरेक महिनाको पहिलो बुधबार कान्तिपुर एफएममा लगानीकर्तासँग रेडियो संवाद कार्यक्रम गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved