बिजपाटी सम्बाददाता     Jun 20, 2019 | 11:07:55 AM



नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको असार ५ गते बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत आथिक बर्षको मुनाफाबाट ७.५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो 

कम्पनीले लगानीकर्तालाई हाल कायम पुंजीको ७.५ प्रतिशतले हुन् आउने ७ करोड ६४ लाख ३२ हजार ७ सय ८९ रुपैयाँ ७२ पैसा बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरको हो । त्यस्तै कर प्रयोजनको लागि ४० लाख २२ हजार ७ सय ७८ रुपैयाँ ४१ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ 

कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । हाल कम्पनीको पुंजी १ अर्ब १ करोड ९१ लाख रहेको छ 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7