बढेको बजारमा शिवमको उच्च कारोबार, २ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 01:32:41 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिनको कारोबारमा शेयर बजार परिसूचक नेप्से बढेको छ । बिहिबार नेप्से ५.७३ अंकले बढेर १२६४.२० को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका १ सय ७० कम्पनीका ११ लाख ४० हजार १ सय २ कित्ता शेयर खरिद बिक्रिबाट ३१ करोड ९० लाख ८३ हजार ४ सय २१ रुपैयाँ कारोबार भएको छ । आज शिवम सिमेन्टको सबै भन्दा धेरै सबै भन्दा धेरै ३ करोड १ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एनसीसी बैंक, नेपाल बैंक लगायत रहेका छन् । एनसीसी बैंकले राम्रो लाभांश दिने अनुमानमा यसको शेयरमा आकर्षण बढेको हो 

आज कारोबारमा आएका उत्पादन, फाइनान्स र निर्जीवन बिमा बाहेकका समुहगत सूचक घटेका छन् । आज गुराँस लघुवित्तको शेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ भने मल्टीपर्पोज फाइनान्सको शेयर मूल्य ९.७७ प्रतिशतले बढेको छ । गुराँस लघुवित्त मर्जमा जान सक्ने भएको र मल्टीपर्पोजले ठुलो मात्रमा हकप्रद दिने भएपछि मूल्यमा सर्किट लागेको हो 

आज रिलायन्स फाइनान्सका लगानीकर्ताले सबै भन्दा धेरै ५.२६ प्रतिशत गुमाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved