जनउत्थान लघुवित्तले फेरी हकप्रद बिक्रि गर्ने, मर्जरको बाटो पनि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 09:51:07 AM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank Limited ले फेरी हकप्रद निष्काशन गर्ने भएको छ  ।  कम्पनीले बोनस वितरण पश्चात कायम हुने चुक्ता पुंजीको २ सय प्रतिशतको दरले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो  ।  

कम्पनीले असार १२ गतेदेखि  १:१ को अनुपातमा शतप्रतिशत हकप्रद जारि गर्ने तयारी गरेको छ।  लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ छ । हकप्रद र बोनस पछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ। 

कम्पनीले ६ करोड ३३ लाख ६० हजारको २ सय प्रतिशतको दरले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले असार ३० गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले असार १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् 

कम्पनीले साधारणसभामा उपयुक्त संस्थासंग गाभ्ने गाभिने निर्णय गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश गर्ने भएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved