नेप्से सीईओ भन्छन 'अनलाइन ट्रेडिङ माग्नेको नाक मुख देखिएन'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 01, 2019 | 04:15:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले अनलाइन ट्रेडिङको माग गर्नेले नै यो सुविधा नलिएको बताएको छ । नेप्सेका प्रमुख कार्यकारी निर्देशक चन्द्र सिंह साउदले ठुलो ठुलो स्वरले अनलाइन ट्रेडिङ आजै चाहियो भन्नेले नै अनलाइन आएपछि यो सेवा नलिएको बताएका हुन् ।

नेप्सेले सोमबार अनलाइन ट्रेडिङको पछिल्लो अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा नेप्सेका सीइओ साउद चुनौतीपूर्ण कार्य सकिएको बताए । उनले भने ' यहि हलमा आज नै अनलाइन चाहियो भन्दै राजिनामा माग्न आएका थिए, अनलाइन आएपछि उनीहरुको नाक मुख देख्या छैन' । त्यस बेलाको भिडियो आफुले हेरेको र  ति मध्ये एकजनासँग १० कित्ता शेयर पनि नभएको आफुले पत्ता लगाएको सीइओ साउदले बताए ।

उनले अनलाइन ट्रेडिङमा कुनै पनि समस्या नरहेको जानकारी दिए । हालको अनलाइन ट्रेडिङमा धेरै वटा मोड्युल रहेको जानकारी दिदै उनले नेप्से बाहेकका मोड्युलमा समस्या आउँदा नेप्सेमा नै समस्या आयो भनेर भ्रम नफैलाउन आग्रह गरे ।  

नेप्सेले सोमबार पत्रकार सम्मलेनको आयोजना गरेर अनलाइन ट्रेडिङका सम्पूर्ण कामहरु सकिएको जानकारी दिएको हो । बैंक इन्टिग्रेसनको दोस्रो चरण पनि कार्यन्वयनमा आए संगै नेप्सेले सम्पूर्ण काम सकिएको जनाएको हो । नेप्सेका अनुसार हालसम्म ११ हजर २ सय ४६ लगानीकर्ताले अनलाइन ट्रेडिङको लागि आईडी पासवर्ड लिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved