सेयरबजारको अनलाइनमा भ्रष्टाचार भयो भन्नेलाई सीईओ साउदले दिए कडा जवाफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 05:09:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले अनलाइन ट्रेडिङमा भ्रष्ट्राचार भयो भन्नेलाई प्रमाण पेश गर्न चुनौती दिएको छ ।  नेप्सेका प्रमुख कार्यकारी निर्देशक चन्द्र सिंह साउदले प्रमाण लिएर आफुकहाँ आउँन आग्रह गरेका हुन् ।

नेप्सेले सोमबार अनलाइन ट्रेडिङको पछिल्लो अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा नेप्सेका सीइओ साउदले नियम अनुसार नै प्रक्रिया पुरा गरेर अनलाइन ट्रेडिङ तयार पारिएको बताए ।  उनले भने 'सार्वजनिक खरिद ऐन अनुसार नै टेन्डर गरेर अनलाइन ट्रेडिङको वाईकोलाई चयन गरिएको हो , प्रकिया पूर्ण पारदर्शी छ' । 

संसदको लेखा समितिले, अख्तियारले, अर्थ मन्त्रालयले समेत यस बिषयमा चासो राखेर छानविन गरेको र कुनै त्रुटी नभेटेको उनले बताए । साथै अदालतले पनि प्रक्रिया अगाडी बढाउँन निर्देशन दिए बमोजिम बाँकि प्रक्रिया अगाडी बढाईएको उनले प्रष्ट पारे ।

नेप्सेले कुल १९ करोड ८१ लाखमा वाइकोलाई अनलाइन ट्रेडिङको जिम्मा दिएको हो । जस मध्ये हार्डवयर तर्फ ९ करोड ४ लाख र सफ्टवेयरको १० करोड ७६ लाख रहेको नेप्सेले जनाएको छ । 

सीइओ साउदले सफ्टवेयर तर्फको भुक्तानी अझै दिन बाँकि रहेकोले कसैले भ्रष्ट्राचार भएको प्रमाण सहित आफुकहाँ ल्याए भुक्तानीको बिषयमा पुनर्विचार गर्न सकिने बताए ।  यस्तो सिस्टमको मूल्य कति पर्छ भनेर जर्मनी र बंगलादेशका  साथैहरुलाई सोध्दा उनीहरुले मुम्बई स्टक एक्चेन्जको जस्तो सिस्टमलाई ६५ देखि ७० करोड पर्ने जानकारी आफुलाई दिएको सीइओ साउदले बताए । यस हिसाबमा पनि नेप्सेले ल्याएको सिस्टम अन्य भन्दा सस्तो रहेको दाबी गरे ।

उनले अनलाइन ट्रेडिङमा कुनै पनि समस्या नरहेको जानकारी दिए । हालको अनलाइन ट्रेडिङमा धेरै वटा मोड्युल रहेको जानकारी दिदै उनले नेप्से बाहेकका मोड्युलमा समस्या आउँदा नेप्सेमा नै समस्या आयो भनेर भ्रम नफैलाउन आग्रह गरे ।  

नेप्सेले सोमबार पत्रकार सम्मलेनको आयोजना गरेर अनलाइन ट्रेडिङका सम्पूर्ण कामहरु सकिएको जानकारी दिएको हो । बैंक इन्टिग्रेसनको दोस्रो चरण पनि कार्यन्वयनमा आए संगै नेप्सेले सम्पूर्ण काम सकिएको जनाएको हो । नेप्सेका अनुसार हालसम्म ११ हजर २ सय ४६ लगानीकर्ताले अनलाइन ट्रेडिङको लागि आईडी पासवर्ड लिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved