नेरुडे लघुवित्तले लिलाममा राखेकोको शेयरमा आवेदन आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 07:03:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेरुडे लघुवित्त Nerude Laghubitta Bittiya Sanstha Limited ले लिलाममा राखेको  १ लाख १० हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने आज असार १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार १० गतेदेखि शेयर लीलामी विक्री खुला गरेको हो । शेयर लिलामीका लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

यसमा लिलामीमा कम्पनीका संस्थापक सदस्यहरूले मात्र बोलकबोल पेश गर्न सक्ने छन्।   उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ सय ९६ तोकिएको छ ।

आवेदकले शेयर खरीदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याका लागि कुनै हद लाग्ने छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved