हकप्रद भर्ने पहिलो अधिकार शेयरधनीलाई, अब चाहेजति आवेदन दिन पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 01:31:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयरको दोस्रो बजारमा सुचिकृत कम्पनीहरुको हकप्रदमा आबेदन दिँदा अहिले कायम व्यवस्था परिमार्जन हुने भएको छ। सेयरधनीले आफ्नो हिस्सा बराबरको मात्रै आबेदन दिन पाउने व्यवस्था परिमार्जन गर्दै नेपाल धितोपत्र बोर्डले आफुले चाहेको बराबरको कित्ताको लागि आबेदन दिन पाउने व्यवस्था लागू गर्ने भएको छ।  

आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले हकप्रदमा हक भन्दा धेरै आबेदन दिन सक्ने व्यवस्था लागू गर्ने तयारि गरेको जानकारी गराएको हो। यस व्यवस्थाले कम्पनीका साबिक शेयरधनीले शेयर खरिद नगरेको अवस्थामा मात्रै सुचिकृत कम्पनीले बोलकबोल अर्थात लिलाम बढाबढ मार्फत   शेयर बिक्री गर्न पाउने छन्। 

हाल सेयरधनीले हकप्रदमा आफ्नो हकसम्म मात्रै आबेदन दिन पाउने ब्यवस्था छ। हकप्रद निष्काशनको जानकारी नपाएर, भर्न नचाहेर वा कुनै कारणबश हकप्रद भर्न छुटेपछि उक्त सेयर लिलाम बढाबढ मार्फत बिक्रि तथा वितरण गर्नुपर्ने बाध्यता छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved