ग्रामिण बिकास लघुवित्तको साढे ५ लाख कित्ता बढी शेयर लिलाम हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 08:22:21 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामिण बिकास लघुवित्त वित्तीय संस्थाको ५ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित ५ लाख ८२ हजार ८ सय ४४ कित्ता शेयर लिलाम गर्ने भएको हो ।

कम्पनीले बैशाख २७ देखि जेठ ३० गते सम्म  एक सय बराबर पचास कित्ता अर्थात ५० प्रतिशतका दरले  ३२ लाख ७५ हजार कित्ता हकप्रद निष्काशन गरेको थियो । जस मध्ये रित पुर्वक आवेदन दिने ५० हजार २ सय ८७ शेयरधनीलाई २६ लाख ९२ हजार १ सय ५६ कित्ता बाँडफांड गरिएको बिक्रि प्रबन्धक एनआईबिएएल क्यापिटलले जनाएको छ । बाँकि रहेको शेयर लिलाम गर्ने भएको हो । लिलामको सूचना केहि दिन मै निकालिने क्यापिटलले  जनाएको छ  । 

हकप्रदमा नपरेको पैसा भने साउन १ गतेदेखि फिर्ता हुने क्यापिटलले जनाएको छ । 

हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ९८ करोड २५ लाख पुग्नेछ। हाल लघुवित्तको चुक्तापुंजी ६५ करोड ५० लाख रहेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved