भारित औसत लाभकर विवादबारे बोर्डमा जुट्यो सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 02:31:39 PM मा प्रकाशित

laxmi  sunrise bank

भारित औसत लाभकर गणनाबारे सहमति जुटेको छ । बुधबार धितोपत्र बोर्डमा भएको सरोकारवालाहरुको छलफलमा यस बिषयमा सहमति जुटेको हो । 

सहमति अनुसार २०६४ साउन ३० गतेदेखि ०७६ असार ३१ गतेसम्म कारोबार भएका कम्पनीहरुको मूल्यको औसतलाई आधार बनाएर बेस प्राइस निर्धारण गर्ने र सोहिलाई आधार बनाएर भारित औसत गणना गर्ने सहमति भएको नेप्सेका सीइओ चन्द्र सिंह साउदले जानकरी दिए । अब सिडीएस र नेप्सेको आ आफ्नो बोर्डले यसैलाई पारित गरेर नेपाल धितोपत्र बोर्डमा सिफारिस गर्ने छन् । बोर्डले त्यसलाई पारित गरेर अर्थ मन्त्रालयमा सिफारिस गर्ने छ । मन्त्रालयले यस सम्बन्धमा निर्णय गरेर आन्तरिक राजश्व विभागलाई निर्देशन दिने र विभागले निर्णय गरेपछि नयाँ विधि कार्यन्वयनमा आउने छ 

बैठकमा नेप्सेका सीइओ चन्द्र सिंह साउद, धितोपत्र बोर्ड र सिडीएसका प्रतिनिधि र लगानीकर्ता संघका नेताहरु थिए । राजश्व सचिव लाल शंकर घिमिरेले यस अघि नै सबैलाई मान्य हुने समाधान लिएर आउँन निर्देशन दिईसकेका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved