लाभकर विवादबारे आज अर्थ मन्त्रालयमा 'निर्णायक' छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 08:31:00 AM मा प्रकाशित

laxmi  sunrise bank

भारित औसत लाभकर विवादबारे छलफल गर्न अर्थ मन्त्रालयमा आज बुधबार सम्पूर्ण सरोकारवालाको बैठक बस्दै छ । बिहान ११ बजे बोलाईएको बैठकमा आन्तरिक राजश्व विभाग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएससी, स्टक ब्रोकर एशोसिएसन र ५ वटै लगानीकर्ता संघ रहने छन् 

राजश्व सचिव लाल शंकर घिमिरेले बैठक डाकेका हुन् । आजको बैठकले यो विवादको टुंगो लाग्ने अपेक्षा गरिएको नेपाल इन्भेस्टर फोरम अध्यक्ष रौनियारले बताएका छन् ।

गत साता नै कर गणना विधिबारे धितोपत्र बोर्ड, नेप्से, सिडिएस र लगानीकर्ता संघबीच सर्वपक्षीय सहमति भएको थियो । सोहि सहमति अर्थ मन्त्रालयमा पठाईएको हो । सहमतिमा २०६४ साउन ३० गतेदेखि ०७६ असार ३१ गतेसम्म कारोबार भएका कम्पनीहरुको मूल्यको औसतलाई आधार बनाएर बेस प्राइस निर्धारण गर्ने र सोहिलाई आधार बनाएर भारित औसत गणना गर्ने उल्लेख छ। 

उक्त सर्वपक्षीय बैठकमा मन्त्रालय र अन्तरिक राजश्वका प्रतिनिधिको सहभागिता थिएन । आज भने मन्त्रालय र अन्तरिक राजश्वका प्रतिनिधि सहितको बैठक बस्न लागेको हो। आजको बैठकले गत साता भएको सर्वपक्षीय सहमति अनुमोदन गरे लाभकर विवाद स्वत् टुंगिने छ ।  

मन्त्रालयले यहि सहमति सदर गर्छ वा अन्य केहि विकल्प ल्याउछ त्यो भने हेर्न बाँकि छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved