सुर्या लाइफको भदौ ८ देखि हकप्रद, कहिलेसम्म कायम सेयरधनीले पाउने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 07:57:45 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company Limited ले भदौ ८ गते देखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १०ः७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता कप्रद शेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीले हकप्रदको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि साउन २९ गते १ दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको हो। यस अनुसार साउन २८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्।

कम्पनीले हकप्रद निष्कासनको लागि यसअघि नै विक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापीटलाई नियुक्त गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई यहि साउन १६ गते स्वीकृति प्रदान गरेको थियो । 

कम्पनीले बीमा समितिले तोकेको २ अर्ब पुँजी पुर्याउन हकप्रद निष्कासन गर्न लागको हो ।  हाल १ अर्ब २६ करोड ७७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद विक्रि पश्चात २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी पुग्नेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved