हिमाल दोलखाको आइपीओ पुन: बिक्रिमा, कसले दिन पाउँछ आबेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 09:31:31 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल दोलखा हाइड्रोपावरको सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ नविकेपछि पुन विक्रिमा ल्याउने भएको छ । कम्पनीका संस्थापक सेयरधनी र सञ्चालक तथा उनीहरुको एकाघर परिवार तथा कार्यकारी प्रमुख, लेखापरिक्षक, कम्पनी सचिव र कम्पनीको ब्यवस्थापक तथा लेखा सम्बन्धी काम गर्ने ब्यक्तिले आवेदन दिन सक्ने गरि पुन विक्रिमा ल्याउने भएको हो ।

नबिकेको सेयर शेयर प्रत्याभूतकर्ताहरुले खरिद गर्ने प्रचलन रहेपनि हिमाल दोलखाले भने कम्पनीको प्रमोटर तथा व्यवस्थापकहरुका लागि पुन सेयर बिक्रि गर्न लागेको हो ।  नेपाल धितोपत्र बोर्डको ऐनमा रहेको ब्यवस्था अनुसार नै नविकेको शेयरको लागि पुन विक्रि खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । 

नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को दफा ४१ मा पनि नविकेको शेयर संस्थापक लगानीकर्ताको एकाघार परिवार र व्यवस्थापकहरुले किन्न पाउने ब्यवस्था रहेको बोर्डका सहप्रवक्ता रुपेश केसीले बिजपाटीलाई बताएका छन।

यसरी निष्कासन गर्दा पनि शेयर नविकेमा भने कम्पनीको शेयर प्रत्याभूतकर्ताहरुले खरिद गर्ने प्रचलन अनुसार लक्ष्मी क्यापिटल, नबिल इन्भेस्टमेन्ट बैंकिंङ, बिओके क्यापिटल र नेपाल बंगलादेश क्यापिटलले खरिद गर्नुपर्ने हुन्छ ।  

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको आइपीओमा कुल ७६ लाख ७२ हजार २१० कित्तामा अन्तिम दिन साउन २४ गते शुक्रबारसम्मम करिब ३१ लाख कित्ताको लागि मात्रै आबेदन परेको छ। 

कम्पनीले गत असार २५ देखि ७६ लाख ७२ हजार २ सय १० कित्ता आईपिओ निष्काशन गरेको हो ।  यसमध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता कर्मचारीको लागि  २५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो। बाँकि रहेको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो। 

कम्पनीले पहिलो चरणमा जेठ १४ गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको लागि १६ लाख कित्ता शेयर निष्काशन गरेको थियो। जस मध्ये १ लाख २७ हजार ७ सय ९० कित्ताको लागि मात्र आवेदन परेको थियो। 

हिमाल दोलखाले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण तथा संचालन गर्ने विभिन्न कम्पनीहरुमा लगानी गरेको छ। कम्पनीको  ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ईलाम नगरपालिका स्थित ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजनाले बिद्युत उत्पादन थालिसकेको छ। दुवै आयोजनाको लागत क्रमशः ७२ करोड ५३ लाख र १ अर्ब ३४ करोड ५७ लाख छ।  त्यस्तै कम्पनीको १९ प्रतिशत लगानी संखुवासभामा रहेको  ९७.२ मेगावाटको इशुवा खोलामा रहेको छ ।  यस आयोजनाको प्रति मेगावाट लागत १० करोड मात्र रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved