'शेयर बजारको ल्याप्चे युग ७ दिनमा अन्त्य हुने'

विजय पराजुली

विजय पराजुली

Aug 12, 2019 | 07:51:16 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयरको पुँजीगत लाभकर सम्बन्धि विवादमा नयाँ ब्यवस्था गर्नु नपर्ने भन्दै नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयमा पत्र पठाएको छ । आइतबार बसेको नेपाल धितोपत्र बोर्डको बैंठकले पुँजीगत लाभकरमा कुनै नयाँ ब्यवस्था गर्नु नपर्ने निर्णय गर्दै अर्थ मन्त्रालयलाई पत्र पठाएको बोेर्डका प्रवक्ता निरज गिरिले जानकारी दिए । 

गत शुक्रबार बोर्डले सिडिएस एण्ड क्लियरिङ र नेपाल स्टक एक्चेन्जसँग पनि छलफल गरेको थियो । छलफलमा सिडिएसले अर्थमन्त्रालय अथवा बोर्डबाट लिखित रुपमा पत्र आएमा आफुहरुले बढीमा एक साता भित्रमा अहिलेकै ब्यवस्था अनुसार अनलाईन सिस्टम विकास गर्न सक्ने बताएको थियो । सोहि अनुसार सिडिएसलाई अनलाईन सिस्टमको विकास गरि लगानीकर्तालाई ब्रोकर धाउनुपर्ने बाध्यताको अन्य गर्न पत्र काटेको बोर्डका प्रवक्ता गिरीको भनाई छ । 

सिडिएसले विकास गर्न लागेको अनलाईन सिस्टमबाट अब लगानीकर्ताले ब्रोेकर जाँदा ब्रोकरकोमा पनि आफ्नो शेयरको लागत मुल्य हेर्न मिल्ने गिरिको भनाई छ । अनलाईन चलाउन सक्नेहरुले आफ्नै अनलाईन सिस्टमबाट डिम्याटमा भएको शेयरको लागत कति हो भन्ने थाहा पाउन सकिने र मुल्य नखुलेमा भने लगानीकर्तालाई आफूसँग भएको लागत प्रमाणको आधारमा लागत मुल्य राख्न सक्ने गरि सिडिएसले सिस्टम बनाएको बोर्डका प्रवक्ता गिरिको भनाई छ । 

सिडिएसको सिस्टममा नभएको शेयरको मुल्य भने लगानीकर्ताले लागत प्रमाणीत गर्न सके त्यहि अनुसार लागत हुने र लगानीकर्ताले शेयरको लागत प्रमाणीत गर्न नसके १०० रुपैयाँलाई नै आधार मुल्य मानिने भएको छ । अनलाईन चलाउनेहरुको लागि ल्याप्चे युग ७ दिनमा अन्य हुने भएपनि अनलाईन नचलाउनेहरुको लागि भने छुट्टै व्यवस्था गर्नुपर्ने प्रवक्ता गिरिले बताए । 

के भन्छ सिडिएस ?

सिडिएस स्रोतका अनुसार मेरो शेयर अन्तर्गत नै रहने गरी एउटा छुट्टै सिस्टम अहिले परीक्षणको क्रममा छ । यस सिस्टममा लगानीकर्ताले शेयर खरिद गरेको मूल्य हेर्न सक्नेछन् । लगानीकर्ताले त्यसलाई भेरीफाई समेत गर्न सक्ने छन् । सोहि विवरण सिस्टमबाट नै ब्रोकरसम्म पुग्ने छ । सिस्टमले आफै औसत भारित लाभकर निकाल्ने छ । यस हिसाबमा लगानीकर्ता आफै ब्रोकर हाउसमा ल्याप्चे लगाउन जानु पर्दैन । सिडीएसले ढिलोमा एक सातासम्म यो सिस्टम लगानीकर्ताले प्रयोग गर्न पाउने जनाएको छ । 

सबैले मेरो शेयर नचलाउने भएकोले उनीहरुको हकमा के हुने भन्ने विषय अझै छलफलको क्रममै रहेको छ ।

यसअघिः 

कहिले अन्त्य हुन्छ शेयरबजारमा 'ल्याप्चे युग' ? 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved