शेयरबजारको 'ल्याप्चे युग' अझै लम्बिने, कहिले हुन्छ अन्त्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 03:35:03 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयरबजारको 'ल्याप्चे युग' अन्त्य हुन् अझै एक साता लाग्ने भएको छ । साउन अन्त्यसम्ममा सिस्टम तयार पारी सक्ने गरी  सिडीएससीले काम सुरु गरेको भए पनि साउनमा यो समस्या हल नहुने भएको हो ।

नेपाल धितोपत्र बोर्डले हालको औसत भारित लाभकर गणना विधिलाई सहजीकरण गर्न निर्देशन दिएपछि सिडीएसले सिस्टम तयार पारिरहेको छ । तर ठुलो मात्रामा डाटा रहेकोले अझै केहि समय लाग्ने सिडीएसले जनाएको हो । सिडीएस स्रोतका अनुसार उक्त सिस्टम तयार पार्न झन्डै ५ करोडको हाराहारीमा डाटा प्रोसेसिङ गर्नु पर्छ  । यहि डाटा प्रोसेसिङको क्रममा केहि समस्या आएकोले अझै केहि दिन समय लाग्ने भएको हो ।

 भदौको पहिलो साताको अन्त्यसम्ममा लगानीकर्ताले प्रयोग गर्न पाउने गरी सिस्टम तयार भईरहेको सिडीएसले जनाएको हो ।

सिडिएसका अनुसार मेरो शेयर अन्तर्गत नै रहने गरी एउटा छुट्टै सिस्टम बन्दै छ । यस सिस्टममा लगानीकर्ताले शेयर खरिद गरेको मूल्य हेर्न सक्नेछन् । लगानीकर्ताले त्यसलाई भेरीफाई समेत गर्न सक्ने छन् । सोहि विवरण सिस्टमबाट नै ब्रोकरसम्म पुग्ने छ । सिस्टमले आफै औसत भारित लाभकर निकाल्ने छ । यस हिसाबमा लगानीकर्ता आफै ब्रोकर हाउसमा ल्याप्चे लगाउन जानु पर्दैन । यस हिसाबमा अनलाईन चलाउन सक्नेहरुले आफ्नै अनलाईन सिस्टमबाट डिम्याटमा भएको शेयरको लागत कति हो भन्ने थाहा पाउन सकिने र मुल्य नखुलेमा भने लगानीकर्तालाई आफूसँग भएको लागत प्रमाणको आधारमा लागत मुल्य राख्न सक्ने गरि सिस्टम बन्दै छ  । 

सिडिएसको सिस्टममा नभएको शेयरको मुल्य भने लगानीकर्ताले लागत प्रमाणीत गर्न सके त्यहि अनुसार लागत हुने र लगानीकर्ताले शेयरको लागत प्रमाणीत गर्न नसके १०० रुपैयाँलाई नै आधार मुल्य मानिने भएको छ । अनलाईन चलाउनेहरुको लागि ल्याप्चे युग अर्को साता अन्त्य हुने भएपनि अनलाईन नचलाउनेहरुको लागि भने छुट्टै व्यवस्था गर्नुपर्ने सिडीएसले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved