प्रतिफलको 'ग्यारेन्टी' भएको एनएमबि ५० मा अर्ब बढीको आबेदन, भदौ १० सम्म बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2019 | 07:48:29 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी बैंक कोष प्रवर्दक NMB Bank Limited  र एनएमबी क्यापिटलको व्यवस्थापनमा संचालनमा आएको एनएमबी फिफ्टी नामको सामुहिक लगानी योजनाम अर्ब भन्दा बढीको आबेदन परेको छ। 

गत साउन १३ देखि बिक्रि खुला गरिएको एनएमबि फिफ्टीको १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाईमा अहिलेसम्म १ अर्ब रुपैयाँ बराबरको आबेदन परेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ। 

१० रुपैयाँ अंकित मुल्य रहेको कोषको इकाईमा लगानीकर्ताले भदौ १० सम्म आबेदन दिन सक्नेछन। न्यूनतम १०० कित्ता देखि अधिकतम १ करोड २० लाखकित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्। 

साढे १२ करोड  इकाइ मध्ये १५ प्रतिशत इकाई कोष प्रवर्दक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ। यस हिसाबमा १० करोड २० लाख इकाई सर्वसाधारणको लागि छुट्याईएको छ । इच्छुक लगानीकर्ताले यस इकाईमा धितोपत्र बोर्डबाट आश्वा लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको साथै मेरो शेयरबाट समेत आबेदन दिन सक्नेछन।  

बजारमा संचालनमा रहेका अन्य म्युचुअल फण्डको नेट एसेट भ्यालू (न्याभ) औषतमा १० रुपैयाँ भन्दा कम रहेको अवस्थामा सामुहिक लगानी कोष प्रति लगानीकर्ताको आकर्षणमा कमि देखिएको छ। बैंकहरुले बिगतमा अहिले धेरै अंकको दरमा ब्याज दिएको अवस्थामा सर्वसाधारणको आकर्षण फिक्स डिपोजिटमा समेत देखिएको छ।   

यस्तो अवस्थामा क्यापिटलले फरक प्रकृतिको योजना ल्याएको हो ।   क्यापिटलले यस योजनामा नेप्सेका उत्कृष्ट ५० कम्पनीमा मात्र लगानी गर्ने जनाएको छ । कम्पनी फरक फरक रहेपनि जम्मा कम्पनीको संख्या भने ५० वटा नै हुने क्यापिटलले जनाएको छ । एक बर्षको अध्ययन गरेर विशेष किसिमको योजना ल्याएको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले बताएका छन् । यस योजनाले शेयर बजारमा अवमुल्यन भएका र पुंजी लाभको सम्भावना प्रदर्शित गर्ने कम्पनीहरुमा लगानी गरी उच्च प्रतिफल हासिल गर्ने उदेश्य लिएको सीइओ घिमिरेले बताए । यसबाट नेप्से भित्र कै ५० वटा उत्कृष्ट ५० कम्पनीको छुट्टै इन्डेक्स बन्ने समेत उनले बताए । 

योजना व्यवस्थापक एनएमबि क्यापिटलले कोषबाट लगानीकर्तालाई दोस्रो बर्षदेखि हरेक बर्ष १५ प्रतिशत भन्दा बढी लाभांश  वितरण गर्ने प्रतिबद्दता गरेको छ। ७  बर्ष अवधि रहेको बन्दमुखी यस सामुहिक लगानी कोषबाट इकाईधनीले  कुल १४९.८ प्रतिशत प्रतिफल पाउने बताइएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved