सेयरबजारबारे बोले अर्थमन्त्री खतिवडा, पुंजीबजार बढाउँन बैंकलाई दिए यस्तो निर्देशन (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 07:55:33 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युबराज खतिवडाले काठमाण्डौमा आयोजित एक कार्यक्रममा सेयरबजारको बिषयमा बोलेका छन। सेयरबजारको लागि 'अनुदार' को आरोप खेपिरहेका अर्थमन्त्री खतिवडाले दुई बर्षमा पुंजीबजारमा ठुलो विकास भएको दाबि गरेका छन। 

आफुले सेयरबजारको लागि आवश्यक नीतिगत बिषयमा सुधार तथा विकास गरेकाले अब पुंजीबजारको विकास गर्ने जिम्मा बैंकहरुको भएको बताए। सरकारले नीतिगत विकास गरिसकेकाले पुंजीबजारको ७५ प्रतिशत हिस्सा ओगटेको बैंकिङ क्षेत्रले पुंजीबजारको बिकास गर्नुपर्ने उनले बताए। 

'बैंकहरुले राम्रो पर्फर्मेन्स देखाएर पुंजीबजारको विकास गर्नुपर्छ' अर्थमन्त्री खतिवडाले भने, 'दुई बर्षको अवधिमा लाभकर घटाउने, कर छुट गर्ने, भ्याट बिबाद हटाउने जस्ता नीतिगत व्यवस्था भईसकेका छन, राम्रो परफर्मेन्स देखाएर आकर्षक प्रतिफल दिएर पुंजीबजार बढाउने र विकास गर्ने काम अब ७५ प्रतिशत हिस्सा ओगटेको बैंकिंग क्षेत्रको हो'।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved