प्राईम लाइफको सूचनाले अलमलमा लगानीकर्ता , के भन्छन कम्पनीका सीईओ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 04:15:57 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राईम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company Limited ले गरेको लाभांशबाट लगानीकर्ताहरु अलमलमा परेका छन्  । इन्स्योरेन्सको बिहिबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १२.५  प्रतिशत बोनस शेयर र १ करोड १७ लाख ४२ हजार बराबरको नगद लाभांश प्रस्ताव गरेको छ  ।

कम्पनीले उक्त प्रस्ताव विशेष साधारणसभामा पेश हुने र बिशेष साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने जनाएको छ  । सामान्यतया लाभांश प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाईदैन  ।साधारणसभा सम्पन्न भईसकेको केहि प्रस्ताव पारित गर्नु परे विशेष सभा बोलाइने गरेको छ । तर कम्पनीले विशेष साधारणसभामा लाभांश प्रस्ताव लैजाने बताएको हो  । साथै कुन बर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरिएको पनि कम्पनीले स्पष्ट नपर्दा लगानीकर्ता अलमलमा परेका हुन्  ।

कम्पनीका सीइओ  मनोज कुमार भट्टराईले यो कुनै पनि वर्षको मुनाफाबाट नभई आर्थिक बर्ष ७३/७४ सम्मको रिजर्भबाट लाभांश प्रस्ताव गरिएको बताएका छन्  । साथै उनले लाभांश प्रस्ताव पारित गर्न विशेष साधारणसभा डाकिएको र नियमित साधारणसभा भने पछि हुने बताएका छन्  । उनले भने 'साधारणसभा गरिसकेपछि विशेष साधारणसभा आह्वान गर्न मिल्छ, आर्थिक बर्ष ७४/७५ को साधारणसभा पछि हुन्छ'  ।

कम्पनीले लाभांश पारित गर्नको लागि असोज ७ गते बिशेष साधारणसभा आह्वान गरेको छ  । सभा प्रयोजनको लागि कम्पनीले भदौ ३१ गते बुक क्लोज मिति तय गरेको छ  । भदौ ३० गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र उक्त लाभांश पाउन सक्ने छन्  । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रहेको छ  ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved