२ वटा लाइफ इन्स्योरेन्स कम्पनीलाई नेप्सेले सोध्यो स्पष्टीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2019 | 06:45:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले २ वटा लाइफ इन्स्योरेन्स कम्पनीलाई स्पष्टीकरण सोधेको छ । नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सलाई शुक्रबार स्पष्टीकरण सोधेको हो । 

लाभांश सम्बन्धि विवरण उपलब्ध गराउँदा पसम्पूर्ण जानकारी किन नदिएको भन्दै नेप्सेले स्पष्टीकरण सोधेको हो । जस अनुसार नेप्सेले प्राइमलाई कुन आर्थिक बर्षको लाभांश नखुलाउनुको कारण माग गरेको छ भने नेशनललाई लाभांश घोषणा गर्न बसेको संचालक समितिको बैठकको समय किन उल्लेख नगरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

नेप्सेले दुवै कम्पनीलाई ३ दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको छ । 

दुवै कम्पनीले बिहिबार लाभांश घोषणा गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved