२ कम्पनीले मागे हकप्रद निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 05:23:43 PM मा प्रकाशित

laxmi  sunrise bank

२ वटा कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गरेका छन्  । गुराँस लाइफ इन्स्योरेन्स र प्रुडेन्शियल इन्स्योरेन्सले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा अनुमति दिएका हुन् 

गुँरास लाइफ इन्स्योरेन्सले चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ शेयरको अनुपातामा ९३ करोड ८५ लाख रुपैयाँ बराबरको ९३ लाख ८५ हजार कित्ता हकप्रद शेयर निष्काशनको अनुमति मागेको हो। त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्सले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ता शेयरको अनुपातमा ३८ करोड ४९ लाख रुपैयाँ बराबरको ३८ लाख ४९ हजार कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेको हो।

 हकप्रद निष्काशनपछि गुराँसका चुक्ता पूँजी एक अर्ब ८७ करोड र प्रुडेन्शियलको चुक्ता पुँजी १ अर्ब २ करोड  पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved