तिनाउ मिसनको १ करोड कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 02:50:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । सोमबार तिनाउ मिसन विकास बैंकको १ करोड १४ लाख ४१ हजार ६ सय ८१ दशमलव २५ कित्ता शेयर सुचिकृत भएको हो । तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक मर्ज भई तिनाउ मिसन डेभलपमेन्ट बैंक बनेको हो ।

शेयर सुचिकृत भएसंगै मंगलबारबाट कम्पनीको कारोबार सुरु हुनेछ । कारोबारको लागि नेप्सेले नयाँ सिम्बल दिने छ ।

यी दुई बैंकले भदौ ८ देखि  विधिवत रुपमा रुपमा एकिकृत कारोबार गरेका थिए । मर्जपछि बैंकको अधिकृत पुंजी ३ अर्ब, जारि पुंजी एक अर्ब १४ करोड र चुक्तापुंजी १ अर्ब १४ करोड ४१ लाख रहेको छ। त्यस्तै जगेडा तथा अन्य कोषमा २६ करोड रहेको छ। 

 बैंकको बुटवलमै प्रधान कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकसँगको एक्विजिशन प्रक्रिया अगाडी बढिसकेकाले बैंक थप मजवुत भई राष्ट्रिय स्तरको बैंकको रुपमा छिट्टै स्थापित गर्न सक्ने देखिन्छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved