एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको १५० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताव पारित भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ। लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले २४ करोड ३० लाख रुपैयाँ बराबरको २४ लाख ३० हजार ९३ दशमलब ७५ कित्ता हकप्रद बिक्रि गर्न लागेको हो।
१५० प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ४० करोड पुग्नेछ। हाल लघुवित्तको चुक्तापुंजी १६ करोड २० लाख रहेको छ। लघुवित्तले गत आर्थिक बर्ष ६ करोड ९ लाख मुनाफा आर्जन गरेको थियो।
१५० प्रतिशत हकप्रदका लागि लघुवित्तले ईक्रा नेपालबाट आइपीओ ग्रेड ४ पाएको छ। यसले लघुवित्तको वित्तीय अवस्था औषत भन्दा कम्जोर भएको जनाउँछ। लघुवित्तको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।