म्युचल फण्डको रकम वितरणमा गल्ति गरेको सिद्धार्थ क्यापिटलले दियो प्रष्टीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2019 | 06:56:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ क्यापिटलले आफ्नो म्युचल फण्ड परिपक्क भएपछि रकम फिर्ताको क्रममा त्रुटी भएको स्वीकार गर्दै क्षमा याचना गरेको छ । क्यापिटलले सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको रकम फिर्ता गर्दा प्राविधिक तथा  मानवीय त्रुटीको कारणले केहि इकाईधनीको खातामा बढी र केहिको कम रकम गएको स्वीकार गरेको हो ।

क्यापिटलले दशैँ अगाडी नै लगानीकर्ताले रकम पाउन भन्ने उदेश्यले असोज १६ गतेदेखि रकम पठाईएको  जनाएको छ । तर क्यापिटलले त्रुटी भएको भन्दै बढी रकम गएको लगानीकर्ताको खाताबाट रकम फिर्ता समेत लिएको थियो । त्रुटी सच्च्याउन रकम फिर्ता लिईएको र विदाको कारण फेरी रकम जम्मा गर्न नसकिएको क्यापिटलले जनाएको छ ।

क्यापिटलले आज सोमबार साँझ सम्म सबै इकाईधनीको खातामा त्रुटी सच्चाई जति रकम पाउनु पर्ने हो त्यति रकम पठाई सक्ने प्रष्ट पारेको छ । यस अघि घोषणा भएको लाभांश नलिएका इकाईधनीलाई लाभांश समेत गरि रकम पठाईएकोले केहीको खातामा कम र केहीको खातामा बढी रकम गएको समेत क्यापिटलले प्रष्ट पारेको छ । आफुले पाउनु पर्ने रकम क्यापिटलको वेबसाइटमा आज सोमबार साँझबाट हेर्न सकिने ब्यबस्था मिलाइने क्यापिटलले जनाएको छ । क्यापिटलले अन्तिम कायम प्रति इकाई खुद सम्पति मूल्य ११.४९७१५९४८४६ मा कानुन बमोजिम कर कट्टा गरी बाँकि रकम पठाईने जनाएको छ । 

तर लगानीकर्ताले भने क्यापिटलले कुनै कानुन अनुसार  खातामा पठाईसकिएको पैसा खातावालाको स्वीकृति बिना फिर्ता लगियो भन्दै गम्भीर प्रश्न उठाउदै आएका छन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved