मेरोशेयरमा थपिए लाभकर गणना सहितका ६ नयाँ फिचर्स, ल्याप्चे युगको अन्त्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2019 | 07:48:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडिएससीले संचालनमा ल्याएको मेरो शेयर सफ्टवेयरमा नयाँ फिचर्सहरु थप भएका छन् । सिडिएसले सोमबारबाट भारित औसत लाभकर गणना विधि सहितका नयाँ फिचर्स थपिएको साइट संचालनमा ल्याएको हो । सिडीएसले मेरो शेयरको लुक्स पनि परिवर्तन गरेको छ । 

अब मेरोशेयरका ग्राहकले मेरो शेयरमा लगईन गर्ना साथ सुरुमा खुल्ने ड्यास बोर्डमा भारित औसत लाभकर सम्बन्धि विवरण हेर्न सक्ने छन् । सिडीएसले लगानीकर्तासँग भएको शेयरको खरिद मूल्य सिस्टममा नै इन्ट्री गरेको छ । लगानीकर्ताले त्यसलाई भेरीफाई गर्न सक्ने छन् । मेरोशेयरको ड्यासबोर्डमा भारित औसत लाभकर प्रमाणित हुन् बाँकि रहेको शेयरको सुची देखिन्छ ।

जुनको लाभकर प्रमाणित गर्ने हो त्यसमा क्लिक गरेपछि कम्पनीको सिम्बल भन्दा अगाडी रहेको सानो टिक बक्समा टिक लगाएपछि आफुले कतिमा शेयर खरिद गरेको हो त्यो देखिन्छ । बोनसको लागत भने १ सय राखिएको छ । बक्समा टिक लगाएपछि प्रोसिड भन्ने अप्सनमा क्लिक गर्नु पर्नेहुन्छ । त्यसपछि अर्को एउटा बक्स आउँछ । जसमा मूल्य सम्बन्धि स्वघोषणाको विवरण रहेको छ ।त्यसमा टिक लगाएपछि भारित औसत सिस्टममा इन्ट्री हुन्छ । मेरो शेयरको देब्रेपट्टि रहेको मेनु बारमा 'माई पर्चेज सोर्स'मा क्लिक गरेर पनि मूल्य प्रमाणित गर्न सकिन्छ । यस संगै लगानीकर्ताले शेयर खरिद गरेको मूल्यको स्व घोषणा गर्न ब्रोकरकोमा गएर ल्याप्चे लगाउनु पर्ने बाध्यता अन्त्य भएको छ ।

त्यस्तै मेरोशेयरको ड्यासबोर्ड मै आफ्नो पोर्टफोलियोको कुल भ्यालु (सम्पति) हेर्न सकिने भएको छ । ड्यासबोर्डमा अन्तिम  दिनको पोर्टफोलियोको भ्यालु र अघिल्लो दिनको भ्यालु हेर्न सकिने भएको हो ।

साथै आफ्नो पोर्टफोलियोमा भएको मध्ये सबै भन्दा बढी शेयर भ्यालु हुने ५ कम्पनीको विवरण समेत ड्यासबोर्ड मै हेर्न सकिने भएको छ । साथै हाल निष्काशन भईरहेको शेयरको विवरण र तिनमा आवेदन दिन बाँकि रहेको दिन समेत ड्यासबोर्ड मै हेर्न सकिने ब्यबस्था सिडीएसले मिलाएको छ । यसको अलावा आफुले आवेदन दिएको सार्वजनिक निष्काशनको संख्या र बाँडफांड भएको निष्काशनको संख्या पनि ड्यास बोर्ड मै देखिने भएको छ । 

मेरोशेयर मार्फत डिआईएस ट्रान्सफर गर्नु अगाडी भारित औसत लाभकार सम्बन्धि विवरण अध्यावधिक गरिएको हनु पर्ने ब्यबस्था समेत सिडीएसले गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved