सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2019 | 06:30:34 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited को लाभांश सुरक्षित गर्ने आज असोज १८ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १९ गते बुक क्लोज निर्णय गरेकोले आज २८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्ने छन् । 

बैंकले कार्तिक ७ गते बिहिबारको लागि सभा आह्वान गरेको हो ।बैंकको सभा भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा हुने छ । सभामा बैंकले लाभांश सहितका ११ प्रस्ताव पेश गर्ने छ । बैंकले  आर्थिक वर्ष ७५/७६ को मुनाफबाट लगानीकर्तालाई  १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश गरि कुल २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  ।

बैंकले १० प्रतिशतले हुन् आउने ८८ करोड ८७ लाख ६० हजार ४ सय ५४ रुपैयाँ बराबरको बोनस शेयर र १५.२६ प्रतिशतले हुन् आउने १ अर्ब ३५ करोड ६५ लाख २९ हजार १ सय १४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ  । हाल बैंकको चुक्ता पूंजी ८ अर्ब ८८ करोड ७६ लाख रहेको छ  ।






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved