नेप्सेले २० करोड लाभांश बाड्ने , साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2019 | 09:45:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले साधारणसभा आह्वान गरेको छ । नेप्सेले पुस २९ गते मंगलबार आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो 

नेप्सेको संचालक समितिको बैठकले ४० प्रतिशतको दरले हुन् आउने २० करोड बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले पारित गरेपछि नेप्सेमा लगानी गरेकाहरुले उक्त लाभांश पाउन सक्ने छन् 

नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको ३४.६० प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकको ६.१२ प्रतिशत र ब्रोकरहरुको ०.६२ प्रतिशत लगानी छ । नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रि गर्ने प्रर्किया सुरु गरेपनि पूर्ण भने भईसकेको छैन 

त्यस्तै नेप्सेको साधारणसभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पेश हुने छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved