यहि साता धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति, पाँच जनाको नाम ‘सर्टलिष्टिङ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2019 | 08:50:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सातादिन भित्र अध्यक्ष पाउने भएको छ। अध्यक्ष छनौट गर्न बनाइएको समितिले शुक्रबार पाँच जनाको नाम सर्टलिष्टिङ गरेसँगै बोर्डले साता दिनभित्रै अध्यक्ष पाउने निश्चित भएको स्रोतले जनाएको छ। 

स्रोतकाअनुसार शुक्रबार सर्टलिष्टिङमा परेकाहरुलाई यहि साता अन्तर्वार्ता लिने र लगत्तै उनीहरु मध्ये तीन जनाको नाम सर्टलिष्टिङ गरी अध्यक्षका   नियुक्तिका लागि मन्त्रिपरिषदमा पठाइनेछ। र मन्त्रिपरिषद्ले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ।

समितिले निरज गिरी, भीष्मराज ढुँगाना, डा. नवराज अधिकारी, केशव प्रसाद  श्रेष्ठ र सीताराम थपलियालाई सर्टलिष्टिङ गरेको छ। आठ जनामध्येबाट पाँच जनाको नाम छनोट गरेको हो। अध्यक्षको दौडबाट धितोपत्र दलाल कम्पनीका सञ्चालक नरेन्द्र सिजापति, निल सारु मगर र डा. बलराम पाठक  बाहिरिएका छन्।

छनोटमा परेकामध्ये गिरी बोर्डमै कार्यरत कार्यकारी निर्देशक हुन अधिकारी बोर्डका उपनिर्देशक हुन्। त्यस्तै ढुँगाना नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् भने थपलिया नेपाल स्टक एक्सचेन्ज लिमिटेडका पूर्वमहाप्रवन्धक हुन्।  

अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव शिविरकुमार ढुँगाना र आइक्यानका अध्यक्ष आचार्य सदस्य रहेको छनोट समिति बनाएको थियो ।        


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved