बैंकलाई ब्रोकर लाइसेन्स नदिने संकेत, अहिलेकै ब्रोकरलाई थप जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2020 | 10:00:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले बैंकलाई ब्रोकर लाइसेन्स भन्दा अघि ५० ब्रोकरलाई नै व्यवस्थित र बलियो बनाउनु पर्ने बताएका छन। बधाई तथा शुभकामना दिन पुगेका नेपाल इन्भेष्टर्स फोरमका प्रतिनिधिमण्डलसँगको कुराकानीमा अध्यक्ष ढुंगानाले यस्तो बताएका हुन्। 

अध्यक्ष ढुंगानाले अहिलेका ब्रोकरको कार्यक्षेत्र बिस्तार पहिलो प्राथमिकतामा रहेको बताएको इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले बिजपाटी डटकमलाई बताए। 'अध्यक्षज्युले ब्रोकरलाई डिलर, सब डिलर, एजेन्सी जस्ता जिम्मेवारी दिएर उनीहरुको कार्यक्षेत्र बिस्तार गर्नुपर्ने बताउनुभयो' उनले भने, 'बैंकलाई ब्रोकर लाइसेन्स भन्ने बिषय अर्को चरणको कुरा भएकाले पहिलो प्राथमिकता ब्रोकरलाई नै बलियो र व्यवस्थित बनाउनुपर्ने उहाँ (अध्यक्ष) ले बताउनु भयो'। 

फोरमका प्रतिनिधिमण्डलले बैंकलाई ब्रोकर लाइसेन्स दिंदा, नयाँ ब्रोकर थप गर्दा कारोबार सहज हुने बताउँदा अध्यक्ष ढुंगानाले अहिलेपनि ४० वटा ब्रोकरको अवस्था नाजुक रहेको भन्दै पहिले उनीहरुलाई बलियो बनाउनुपर्ने बताए।

फोरमका प्रतिनिधिमण्डल सदस्यकाअनुसार अध्यक्ष ढुंगानाले अहिले १० वटा ब्रोकर मात्रै राम्रो गरेको तर अन्य ४० वटा नाजुक अवस्थामा रहेकाले उनीहरुको कार्यक्षेत्र बिस्तार अहिलेको प्रमुख काम भएको बताए।  

बैंकलाई ब्रोकर लाइसेन्स दिने नदिने बिषय अहिलेपनि छलफलको चरणमा रहेको छ। मुद्रा र पुंजीबजारको बिषयमा अध्ययन गर्न अर्थ समितिले रामकुमारि झाँक्रिकाे संयाेजकत्वमा उपसमिति गठन गरेर अध्ययन समिति गठन गरेको छ। उक्त समितिले सरोकारवाला तथा यस क्षेत्रमा कलम चलाउदै आएका पत्रकारहरुसँग समेत छलफल तथा अन्तरकृया गरिरहेको छ।       

बैंकर्सहरुले भने बैंकलाई ब्रोकर लाइसेन्सका लागि आफुहरुको करोडौं लगानी भईसकेकाले अब रोक्न नमिल्ने भन्दै अर्थसमितिलाई पत्र लेखेको छ। ब्रोकर सेवा दिने सहायक कम्पनीमा कर्मचारीको लगानी नहुने भएकाले स्वार्थ नजोडिने तर्क पेश गर्दै आफुहरुलाई ब्रोकर लाइसेन्सको सेवा दिने अनुमति दिन अर्थसमितिलाई पत्र लेखेको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बिजपाटीलाई बताए।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved