सनराइज बैंकले सिर्जना फाइनान्स प्राप्ति गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2020 | 09:37:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले सिर्जना फाइनान्स Srijana Finance Limited  लाई प्राप्ति गर्ने भएको छ । प्राप्ति सम्बन्धि सम्झौतामा बुधबार सम्झौता भएको हो । सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्कालनियुक्त गरी सोको प्रतिवेदनको आधारमा स्वाप रेसियो तय गरिने भएको छ ।

सनराइज बैंकले १३० बटा शाखा तथा ८ वटा एक्स्टेन्सन काउन्टरबाट सेवा दिईरहेको छ । सिर्जना फाइनान्स बिराटनगरमा प्रधानकार्यालय रहि मोरङ्ग, सुनसरी र सप्तरी गरि ३ जिल्लामा कार्यक्षेत्र रहेको २१ वटा शाखा भएको फाइनान्स कंम्पनी हो ।

पौष मसान्तको प्रकाशित वित्तीय विवरण अनुसार बैंकको निक्षेप  ८५ अर्ब, कर्जा लगानी करिब ७८ अर्ब रहेको छ भने सोहि अवधिमा सिर्जना फाइनान्सको निक्षेप तथा कर्जा क्रमशःकरिब ७अर्ब ३१ करोड र करिब ६ अर्ब ३१ करोड रहेको छ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved