उजुरी परे एनसीसी बैंकलाई धितोपत्र बोर्डले कारवाही गर्ने, विवादमा प्रधानको अभिव्यक्ति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jan 26, 2020 | 03:07:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले एनसीसी बैंक बिरुद्द उजुरी परेमा बैंकलाई कारवाही गर्ने जनाएको छ । बैंकका मर्जर कमिटिका सह संयोजक निर्मल प्रधानले मर्जरको विषयमा दिएको अभिव्यक्ति ‘इन्साईडर ट्रेडिङ’ भएको भन्दै बोर्डले उजुरी परेमा कारवाही गर्ने जनाएको हो

बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले कम्पनीको आधिकारिक व्यक्तिले औपचारिक रुपमा निर्णय नै नभई मर्जको विषयमा सूचना दिनु ‘इन्साइड ट्रेडिङ’ हुने बताएका हुन् । उनले भने ‘यदि सोहि अभिव्यक्तिको आधारमा बजार मूल्यमा तल माथि भए त्यसको जिम्मेवारी प्रधान स्वयंले लिनु पर्छ जिम्मेवार व्यक्तिले त्यसरी बोल्दै हिड्न पाइदैन, उजुरी आए बोर्डले कारवाही गर्छ । ‘ 

अध्यक्ष ढुंगानाले हाल भित्रि कारोबार सम्बन्धि नियमावली अर्थ मन्त्रालयमा विचाराधीन रही स्वीकृत भइनसकेकोले हाल रहेको धितोपत्र सम्बन्धि ऐन २०६३ अनुसार बोर्डमा छलफल गरेर कारवाही हुने बताएका हुन् ऐनको दफा ९१ मा भित्रि कारोबार सम्बन्धि ब्यबस्था छ भने दफा १०१ मा उक्त कसुरको कारवाही सम्बन्धि ब्यबस्था छ

प्रधानले एनसीसी बैंक प्रभु बैंकसंगै मर्जमा जाने र त्यसको स्वाप रेसियो १:१ वा त्यो नभए १००:९५ सम्म हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए उनले मर्जमा जाँदा नाम पनि प्रभु कै , अध्यक्ष पनि प्रभु कै र सीइओ पनि प्रभु कै हुने दाबी गरेका थिए

प्रधानको यस्तो अभिव्यक्ति गलत भएको जानकारहरु बताउछन् इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार यस्तो अभ्यास गलत भएको बताउछ  उनले भने ‘ मर्जर सम्बन्धि सूचनाहरु गोप्य राख्नु पर्छ, धेरै सोच विचार गर्नु पर्ने हुन्छ, त्यस्ता मर्जर सम्बन्धि सुक्ष्म सूचनाहरु आधिकारिक् निकाय मार्फत मात्र सार्वजनिक गर्नु पर्छ, सिनियर व्यक्तिबाट त्यस्तो अभिव्यक्ति आउनु हुदैन थियो ‘। 

धितोपत्र सम्बन्धि जानकार अधिबक्ता ज्योति दाहाल पनि जिम्मेवार व्यक्तिबाट त्यस्तो अभिव्यक्ति आउनु नैतिकताको हिसाबले पनि गलत भएको बताउछन् उनी भन्छन् ‘यस्तो अवस्थामा निमायकले कम्पनीको कारोबार रोक्का गरेर स्पष्टीकरण सोध्न सक्नु पर्छ’

शेयर बजार विश्लेषक डा. गोपाल भट्ट त्यस्तो अभिव्यक्ति दिनु सरासर गलत भएको बताउछन् । उनी भन्छन् ' त्यो इनसाइडर ट्रेडिङ नै हो, आफुसँग धेरै शेयर भएर आफु मालामाल हुनलाई यदि कसैले त्यस्तो अभिव्यक्ति दिन्छ भने कारवाही हुनै पर्छ, त्यो गलत हो ।'

यसो त् प्रधानले यस अघि पनि शेयर मूल्यमा प्रभाव पार्ने अभिव्यक्ति दिएका थिए । एक सार्वजनिक कार्यक्रममा उनले एनसीसी बैंकको शेयर मूल्य ४ सय नाघेपछि आफुले पनि शेयर किन्ने बताउदै अरुलाई शेयर खरिद गर्न प्रोत्साहन गरेका थिए त्यस घटना पनि इन्साईड ट्रेडिङसँग जोडिए पनि कारवाही भने भएको थिएन विदेशमा भए यस्ता कम्पनीका संवेदनशील सूचना सार्वजनिक गरेमा ठुलो कारवाही हुने भएपनि नेपालमा भने इन्साईड ट्रेडिङ भए पनि उन्मुक्ति पाउदै आएका छन् । 

प्रधानलाई शेयरबजारको ठुला खेलाडीको रुपमा चिनिन्छ उनी एनसीसी बैंकको ठुला लगानीकर्ता समेत हुन् उनको श्रीमतीको नाममा बैंकको ०.६९ प्रतिशत शेयर छ भने बैंकमा प्रधान समुहको कुल शेयर संख्या १.२५ प्रतिशत छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved