आजदेखि नविलको ऋणपत्र बिक्रि खुला, १० प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 08:31:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नविल बैंक लिमिटेडले चैत २ गते आजदेखि  ऋणपत्र निष्काशन गर्ने भएको छ  । कम्पनीले १० प्रतिशत व्याजदरमा सात वर्षे अवधिको  ऋणपत्र विक्री खुला गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता १ हजारमा २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले सोमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरमा र ८ लाख कित्ता (४० हजार सामुहिक लगानी कोषलाई बाँडफाट गरिएको) सर्वसाधारणलाई चैत ५ गतेसम्म निष्कासन गर्ने छ । आवेदकहरुले ऋणपत्रमा न्युनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

बैंकले ऋणपत्र छिटो अवधीसम्म विक्री नभएमा ढिलोमा चैत १६ गतेसम्म विक्री खुला गर्नेछ । बैंकको ऋणपत्रको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ ।

ऋणपत्रलाई इक्रा नेपाले इक्रा एल एए माइनस दिएको छ । यसले न्युन क्रेडिट जोखिम भएको पनि जनाउँदछ । बैंकको ऋणपत्रमा आश्वा सदस्य भएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । बैंकको चुक्ता पुँजी ९ अर्ब १ करोड १८ लाख छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved