शेयरबजारमा कारोबार अवधि बढेसँगै के हुन्छ सर्किट ब्रेकको नियम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 10:26:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज चैत्र २ गते आइतबारदेखि ५ घण्टा शेयर कारोबार हुने भएको छ । नेप्सेले आइतबारदेखि परिक्षणकालको रुपमा शेयर कारोबार हुने अवधि बढाउने निर्णय गरेको हो । शुक्रबार बसेको नेप्सेको संचालक समितिको बैठकले अवधि बढाउने निर्णय गरेको हो ।

यस संगै अब प्रारम्भिक कारोबार समय बिहान १०:३० देखि ११ बजेसम्म, बोलकबोल र निरन्तर कारोबार समय अवधि ११ बजेदेखि ४ बजेसम्म र अन्तिम कारोबार समय अवधि ४ बजेदेखि ४ :०५ बजेसम्म कायम गर्ने निर्णय नेप्सेले गरेको हो । 

कारोबार समय अवधि बढेसँगै सर्किट ब्रेकको नियम के हुन्छ भन्ने चासो बढेको छ । तर नेप्सेले भने अहिले सर्किट ब्रेक सम्बन्धि  नियम भने परिवर्तन नगरेको जनाएको छ ।नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सर्किट ब्रेकको नियममा केहि परिवर्तन नगरिएको र पुरानै नियम कायम हुने बताएका हुन्    

जस अनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित हुनेछ  त्यस्तै दोस्रो घण्टामा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुनेछ  र तेस्रो घण्टा वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकि पुरै दिनको कारोबार स्थगित हुनेछ    

यो पनि : 

आजदेखि ५ घण्टा शेयर कारोबार


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved