विवादबीच सेयरकारोबार खुलेपछि नेप्सेका सीईओ साउद अर्थमन्त्रालयमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 01:28:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद छलफलका लागि अर्थमन्त्रालय  पुगेका छन्। कोरोना रोकथाम गर्न भन्दै सरकारले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेपछि सेयरकारोबार बन्द गर्ने नगर्ने बिषयमा छलफल गर्न साउद अर्थमन्त्रालय पुगेका हुन्। 

प्रमुख नियामक नेपाल धितोपत्र बोर्डले बजार बन्द गर्ने वा नगर्ने भन्नेबारे कुनै स्पष्ट निर्देशन नदिएपछि आजपनि सेयर कारोबार सुचारु रहेको छ।  बिहान नेप्सेको संचालक समितिको बैठकले प्रमुख नियामकबाट कुनै निर्देशन नआएकाले सेयर कारोबार सुचारु गर्ने अवस्थामा पुगेको हो। यद्दपी सेयरका लगानीकर्ताका संगठनहरुले भने सेयर कारोबार सुचारु भएकोप्रति आन्दोलित हुँदै अर्थमन्त्रालय गुहारेका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved