कोरोनाको प्रभाव: आइपिओ र वार्षिक साधारण सभा धमाधम स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 09:16:21 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाका प्रभावले कम्पनीहरुले जारी गर्न लागेको सार्वजानिक निष्कासन तथा वार्षिक साधारण सभाहरु धमाधम स्थगित भएको छ । हाल बजारमा आइपिओ निष्कासन विक्री प्रक्रियामा रहेका दुई कम्पनीले बिक्रि स्थगित गरेको सुचना दिएका छन् । 

चैत १० गतेदेखि आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका स्थानियलाइ आइपिओ विक्री गर्न लागेको युनाइटेड इदी मर्दी एण्ड आर.बि.बि हाइड्रोपावर कम्पनीको आइपिओ स्थगित भएको छ । चैत ७ गते प्रधानमन्त्री के.पी शर्मा ओलिले अत्यावश्यक सेवा बाहेक अन्य सेवामा रोक लगाएपछि आइपिओ विक्री स्थगित गरेको कम्पनीले बताएको छ । 

साथै, लक्ष्मी उन्नती कोषले ८ करोड इकाई विक्री स्थगित गरेको छ। लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुन लागेको यस इकाईले चैत ९ गतेदेखि इकाई विक्री गर्न लागेको थियो । यी दुई कम्पनीले परिस्थिति सहज भएपछि पुनः अर्को सूचना प्रकाशित गरि उक्त शेयरको सार्वजनिक निष्कासन तथा विक्री खुला गरिने जानकारी दिएका छन् ।

कोरोनाको प्रभावले चैतमा हुन लागेको वार्षिक र विशेष साधारण सभा स्थगित भएको छ । हालसम्म आठ कम्पनीले गर्न लागेको वार्षिक साधारण सभा स्थगित गरेका छन् ।  ङादी गु्रप पावर कम्पनीले भने फागुन २७ गते बोलाएको साधारण सभा फागुन ५ गते नै स्थगित गरेको सुचना दिएको थियो । अपि पावर , सेन्चुरी कमर्शियल बैंक, सहयोगी विकास बैंक र सिटिजन्स बैंक, वोमी लघुवित्त, नेपाल इन्स्योरेन्स र डेभलपमेण्ट बैंकर्स एशोसिएसनले साधारण सभा स्थगित गरेको जानकारी दिएका छन् । सरकारले २५ जनाभन्दा बढीको भेला हुन रोक लगाएसँगै कम्पनीहरुले अर्को सुचना प्रकाशित नभएसम्मको लागि साधारण सभा स्थगित गरेका हुन् । 

चैतमा नै साधारण सभा बोलाएका कतिपय कम्पनीहरुले भने हालसम्म साधारण सभा स्थगित गरेको कुनै सुचना दिएका छैनन् । सप्तकोशी डेभलपमेण्ट बैंक, जनरल इन्स्योरेन्स कम्पन, महिला सहयात्रा माइक्रोफाइनान्स, सेवा हाइड्रोपावर, स्वेडा लघुवित्त, मिर्मिरे लघुवित्त, एक्सेल डेभलपमेण्ट, जनउत्थान सामुदायिक लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स, एनएमबि लघुवित्त, नेको इन्स्योरेन्सको साधारण सभो साधारण सभा बोलाएका छन् । तर हालसम्म यी कम्पनीले साधारण सभा स्थगितको सुचना भने दिएका छैनन ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved