सूर्या लाइफको ३९ हजार कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 08:50:35 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले सूर्या लाइफको ३९ हजार १ सय कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो 

बैंकले आज सोज २ देखि असोज ९ गतेसम्म यी शेयर लिलाम गर्न लागेको हो । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सो मितिसम्म आफुले के कति शेयर कुन मूल्यमा खरिद गर्न चाहेको हो उल्लेख गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्ने आवेदकले शेयर पाउने छ भने त्यसपछि पनि शेयर बाँकि रहे दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । 

आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम ३९ हजार १ सय कित्ता कै लागि दिन सकिने छ । शेयर लिलामको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  क्यापिटलको कार्यालय र एनआईसी बैंकका थापाथली, बिरगंज, बिराटनगर, पोखरा, बुटवल , धनगढी, सुर्खेत, र कमलादी शाखाबाट आवेदन फारम पाउँन र बुझाउन सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved