तपाईलाई जनरल इन्स्योरेन्सको आईपिओ पर्यो कि परेन ? हेर्नुस नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 08:26:14 AM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनी General Insurance Company Nepal  ले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ  ।  बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले बिहान शेयर बाँडफाँड गरेको हो।

कम्पनीको आईपिओमा  ७ लाख ९६ हजार ७ सय ३४ जनाले आवेदन दिएका थिए  । जसमा २ हजार १ सय ८८ जनाको आवेदन रद्द भएको र ७ लाख ९४ हजार ५ सय ४६ जनाको आवेदन योग्य रहेको क्यापिटलले जनाएको छ  । 

योग्य आवेदक मध्ये गोलाप्रथाबाट २ लाख ७३ हजार आवेदकले समान १० कित्ता शेयर पाएका छन्  । यस हिसाबमा आवेदन दिएका ५ लाख २३ हजार ७ सय ३४ जना आवेदक हात खाली भएका छन्  ।

कम्पनीले प्रति शेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । जस मध्ये १ लाख २० हजार कित्ता शेयर कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याईएको थियो । बाँकि रहेको २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका छन् । कम्पनीको आईपिओमा ७.८६ गुणा बढी आवेदन परेको थियो ।

आईपिओको नतिजा बिजपाटी डटकममा  प्रकाशित भएको छ । नतिजा  हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULT भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा General Insurance छनौट गरी आफ्नो डिम्याट नम्बर राखेर आफुलाई कति शेयर परेको हेर्न सकिने छ । शेयर परेको भए आफुलाई परेको शेयर कित्ता देखाउने छ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved