प्रभु लाइफ इन्स्योरेन्सले माग्यो आईपिओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2020 | 01:01:41 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु लाइफ इन्स्योरेन्स Prabhu Life Insurance Company  ले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असोज १४ गते बोर्डमा अनुमति माग गर्दै आवेदन दिएको हो ।

कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशनको लागि माग गरेको हो । बोर्डले अनुमति दिएपछि कम्पनीले शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

हाल कम्पनीको चुक्ता १ अर्ब ४० करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब पुग्ने छ । कम्पनीमा प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक तथा अन्य व्यवसायिक समूहको लगानी रहेको छ।

२ अर्ब चुक्ता पुंजी रहेको प्रभु लाइफ इन्स्योरेन्समा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन। ६० करोड रुपैयाँ बराबरको  साधारण शेयर चाडै नै सर्वसाधारणमा बिक्रि गरिने कार्यक्रममा जानकारी दिइएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved