अरुण भ्याली हाइड्रोले माग्यो शतप्रतिशत हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2020 | 01:12:08 PM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर Arun Valley Hydropower Development Company को हकप्रद शेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  । कम्पनीले  १ बराबर १ शेयरको अनुपातमा ९९ करोड ८३ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्नको लागि अनुमति माग गर्दै असोज २१ मा बोर्डमा आवेदन दिएको हो । 

हकप्रद शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले  प्रतिशेयर १०० रुपैयाँका दरको ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद शेयर निष्काशन गरे पश्चात कुल चुक्तापूँजी १ अर्व ९९ करोड ६६ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद निष्काशनको लागि स्वीकृति दिईसकेको छ । आधारभुत तथा संचालक शेयरधनीहरुले आफ्नो नाममा रहेको हकप्रद शेयर वापतको रकम भुक्तानी गरे पश्चात मात्र सर्बसाधारणलाई हकप्रद शेयर निष्काशन गर्ने शर्तमा कम्पनीले आयोगबाट स्वीकृत  पाएको हो । 

कम्पनीले आफुले निर्माण गर्न लागेको २ वटा आयोजनाको लागि रकम जुटाउन हकप्रद निष्काशन गर्न लागेको हो ।  हकप्रद शेयर मार्फत उपलब्ध भएको रकमलाई कम्पनीले काबेली बी १ जलविद्युत आयोजना र अपर काबेली २ जलविद्युत आयोजना गरी कुल २३.५ मेगावाट आयोजनाको निर्माण कार्यमा उपयोग गर्ने जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved