मेगा बैंकको लिलामीको शेयरको बोलपत्र बिहिबार खोलिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2020 | 08:53:46 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले लिलामीमा ल्याएको शेयरको बोलपत्र बिहिबार खोलिने भएको छ । बिक्रि प्रबन्धक मेगा क्यापिटलले बिहिबार बिहान १० बजेबाट बोलपत्र खोल्ने कार्य सुरु हुने जनाएको हो ।

क्यापिटलका अनुसार भिडभाड नगरी क्यापिटलका कर्मचारी, बैंकका प्रतिनिधि, र सिमित व्यक्तिको रोहबरमा गोप्य सिलबन्दी बोलपत्र खोलिने छ । क्यापिटलले यस कार्यको आफ्नो वेबसाइट तथा फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ ।

बैंकले असोज ११ देखि १८ गते सम्म हकप्रदमा अवितरित १८ लाख ४० हजार ७  सय ३९ दशमलव ६३ कित्ता शेयर लिलाममा ल्याएको थियो । बैंकले २०७४ भदौ २७ देखि कार्तिक १४ गतेसम्म हकप्रद निष्काशन गर्दा बिक्रि नभएको ति शेयर लिलाम गरेको हो । बैंकले लिलाम गरेको शेयर मध्ये ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता संस्थापक समुहको छ भने बाँकि ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता साधारण शेयर थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved