२५ कम्पनीको शेयर कारोबार रोक्का, नेप्सेले समय मै सूचना नदिँदा लगानीकर्ता अलमलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 02:18:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत २५ कम्पनीको शेयर कारोबार रोक्का भएको छ । वार्षिक नविकरण शुल्क नबुझाएकोले यी कम्पनीको शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ 

नेप्सेले सुचिकृत कम्पनीहरुलाई असोज मसान्तसम्म धितोपत्र सूचीकरण विनियमावलीको ब्यबस्था अनुसार आर्थिक वर्ष ७७/७८ को शुल्क बुझाउन आग्रह गरेको थियो । शुल्क नबुझाउने २५ कम्पनीको कारोबार रोक्का भएको हो । शुल्क बुझाएपछि यी कम्पनीको कारोबार सुचारु हुने छ । समयमा शुल्क नतिर्नेलाई १० प्रतिशत जरिवाना हुने नेप्सेले जनाएको छ । 

यस्ता छन् कारोबार रोक्का भएका कम्पनी : 


५० करोड चुक्ता पुँजी कम्पनीले ५० हजार र सो भन्दा माथि पुँजी भएका कम्पनीले १ लाख नवीकरण शुल्क तिर्नु पर्ने ब्यबस्था छ । ५० करोडसम्म पुँजी भएका डिबेन्चर र म्युचुअल फण्डहरुले भने २५ हजार र ५० करोड भन्दा बढी पुँजी भएकाले ५० हजार शुल्क तिर्नु पर्ने छ । 

कारोबार रोक्का गरिएको सूचना नेप्सेले कारोबार सुरु हुनु भन्दा अगाडी नै दिनु पर्ने भए पनि नेप्सेले ढिलो मात्र सूचना दिएको हो । जसबाट लगानीकर्ताहरु समय मै सूचना पाउन बन्चित भएका छन् । एक लगानीकर्ताले भने 'हामीले लगानी गर्ने कम्पनीको कारोबार रोक्का भएको जानकारी समयमा नै पाउनु हाम्रो अधिकार, नेप्सेले ढिलो सुचना दिँदा लगानीकर्ताहरु सूचनाबाट बन्चित भएका छन्, उनीहरु अलमलमा परेका छन् ।' 

नेप्सेमा बिहान ११ बजेदेखि कारोबार सुरु हुने भएपनि नेप्सेले ति कम्पनीको कारोबार रोक्का गरिएको सूचना दिउँसो २ बजेमात्र दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved