समृद्धि फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Oct 22, 2020 | 08:19:15 AM मा प्रकाशित

समृद्धि फाइनान्स Samriddhi Finance Company ले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज कार्तिक ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज १६ गतेदेखि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको हो । 

कम्पनीले हकप्रद निष्काशनको लागि भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ ११ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउनेछन् ।  हकप्रद निष्कासनको लागि बिओके क्यापिटल मार्केटलाई विक्री प्रबन्धक चयन गरेको छ ।

वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो। 

हाल कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख रहेकोमा हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ५४ करोड ५९ लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved